लैंगिक हिंसा विरुद्ध अभियान

समाधान संवाददाता २०७९ मंसिर २५ गते १६:३१

गलकोट ।
‘सभ्य समाजको पहिचान, हिंसा विरुद्धको अभियान’ नारा सहित गलकोट १० पाण्डवखानीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान भएको छ । महिला जागरण केन्द्र पाण्डवखानीको आयोजनामा कार्यक्रम भएको हाे । कार्यक्रमकाे अध्यक्षता जागरण केन्द्रकी अध्यक्ष राधिका पुनले ग्रहण गरेकी थिइन् भने प्रमुख आथितिमा गलकोट १० पाण्डवखानीका वडाध्यक्ष भक्तबहादुर काउचाका थिए ।

Advertisement

कार्यक्रममा वडा सदस्य रामप्रसाद विक, धनबहादुर सुनारलगायत स्वास्थकर्मीको सहभागीता थियाे । कार्यक्रम सञ्चालन जागरण केन्द्रकी सहसचिव आसा श्रीसले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया