वीरेठाँटीमा पर्यटन सूचना केन्द्र

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित वीरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । सोमबार गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले केन्द्र शिलान्यास गरे ।
गाउँपालिका भित्रिने पर्यटकलाई सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिबिधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, पर्यटकलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृतिसहित पर्यटनबारे सूचना प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष केसीले बताए ।
यो गाउँपालिकाको मुख्य आय स्रोत नै पर्यटन हो । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले पर्यटन सूचना केन्द्र सञ्चालनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरिन् । उनले पर्यटन विकास र प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिन् ।
अन्नपूर्ण ८ का वडाध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत बलराम भुगाईले समेत बोलेका थिए । सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत यो सूचना केन्द्र स्थापना हुन लागेको हो । सूचना केन्द्र सँगसँगै विस्तृत पर्यटन पोर्टल र मोबाइल एप्लिकेसनमार्फत समग्र गाउँपालिकाको पर्यटकीय गन्तव्य र गतिबिधिको समेत जानकारी लिन सकिनेछ ।
प्रविधियुक्त हुने सूचना केन्द्रमा अग्मेन्टेड रियालिटी र भर्चुअल रियालिटीमार्फत भर्चल टुरसमेत गर्न सकिनेछ । विश्वकै प्रख्यात पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर, घान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन क्याम्प, पोथाना, भदौरे यही पालिकामा पर्छन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया