स्वास्थ्य शिविरबाट ३०० बढी लाभाम्वित

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ ले बुधबार निशुल्क स्वास्थ्य शिविर गरेको छ । महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर छनोट सम्बन्धि स्वास्थ्य शिविरबाट ३ सय ७ जना महिलाहरु लाभाम्वित भएका छन् । कार्यक्रम शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो ।
हरेक महिलाहरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत रहेको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । ‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै हाम्रो उद्देश्य हो,’ उनले भने । वडावासीलाई स्वास्थ्य सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने उनले बताए । स्थानीय तह मार्फत यस्तो कार्यक्रम पोखरा महानगरमै पहिलो पटक भएको र वडा ५ बाटै सुरु गरिएको वडाध्यक्ष बरालकाे भनाई छ । वडाकै बजेटबाट शिविर सञ्चालन भएको बरालले जानकारी दिए ।
निशुल्क स्वास्थ्य चेकजाँजबाट ३ जनाको भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले जानकारी दिए । वडावासीको हितमा हुने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले गरिन् । स्वस्थ वडाको रुपमा विकास गर्न वडा अगाडी बढिरहेको संयोजक क्षेत्रीले बताइन् ।
शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया