प्रकाश बराल सम्मानित

पोखरा ।
डेभिज फल्स ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ (२) बाट विजयी प्रकाश बराललाई सम्मान गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकारसमेत रहेका बराललाई बुधबार भएको कार्यक्रममा नन्दप्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुलबहादुर ठकुरी लगायतले सम्मान गरे ।
नन्दप्रसादले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको विकास, निर्माणमा अगाडि बढ्न बराललाई आग्रह गर्नुभयो । बरालले आफूहरु प्रदेशको नीति निर्माणको तहमा पुगे पनि नीति निर्माणसँगै आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासको पक्षमा लाग्ने बताए । आगामी ५ वर्षमा नीतिगत रुपमै जनताले सुख अनुभूति गर्ने गरी काम गर्ने उनले बाचा गरे ।
कानुनी सल्लाहकार खगराज आचार्यले जनताका सामु गरेका वाचा पूरा गर्ने गरी काम गर्न आग्रह गरे । डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुलबहादुर ठकुरीले जनताको सुखदुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गरे । कार्यक्रममा ड्राइभिङ स्कुलका सचिव दीपेन्द्रबहादुर आचार्य र तीर्थराज आचार्यले पनि बोलेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया