सगरमाथाको कार्यक्रममा अनिल शाह

पोखरा ।
विद्यार्थीहरुको वित्तीय व्यवस्थापन तथा नेतृत्वगत क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी इन्ट्रयाक्ट क्लब अफ सगरमाथा मिडटाउनले आयोजना गरेको इनर्जाइजिङ द युथ प्रोग्राम पोखरा सभागृह हलमा भएको छ ।
प्रमुख प्रशिक्षक नेपालका उत्कृष्ट बैंकर अनिल केशरी शाह रहेको यस कार्यक्रममा सगरमाथा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक शाहले अर्थ, व्यापार र व्यवस्थापनसँग सम्बन्धित थुप्रै विषयमा युवाहरुको भूमिका कसरी रहन सक्छ ? भन्ने विषयलाई स्पष्ट रुपमा प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले कसरी देशको विकासमा युवाहरुको सहभागिता रहन्छ ? द्रुत आर्थिक वृद्धिदर हासिल गर्न के गर्नुपर्ला ? मुद्रा सञ्चितिलाई कसरी बलियो बनाउन सकिएला ? जस्ता थुप्रै प्रश्नहरु गरेका थिए ।
कक्षा –१२ मा अध्ययनरत छात्र समीर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यार्थीहरु मदिना पौडेल र दर्शन गुरुङले सञ्चालन गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया