हल्टको तयारीमा पोखरा विश्वविद्यालय

पोखरा ।
हल्ट प्राइज यस वर्ष पनि पोखरा विश्वविद्यालयमा आयोजना हुने भएको छ । हल्ट प्राइज पोखरा विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
क्याम्पस निर्देशक सुरजराज केशरीले हल्ट प्राइज विद्यार्थीका लागि सामाजिक उद्यमशीलता प्रतियोगिता भएको बताए । ‘हल्ट प्राइज प्रतियोगिताले विद्यार्थीमा लुकेको क्षमतालाई प्रस्फुट गर्ने कार्य गर्दछ,’ केशरीले भने, ‘रिजनल्ससम्म पुगेर बाहिरिएका विद्यार्थीका लागि नेपालमै बिजनेस अफरसमेत आउने गर्दछ ।’
२०२२/२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ फेसन’ रहेको छ । जसमा विद्यार्थीले फेसन र कपडा उद्योगमा नाफाका लागि सामाजिक उद्यम सिर्जना गर्नुपर्ने हुन्छ ।
हरेका वर्ष वोस्टन हेडक्वाटर अवस्थित द इन्टरनेसनल हल्ट कम्युनिटेले नयाँ च्यालेन्ज प्रदान गर्ने गर्दछ र विश्वभरिका विद्यार्थीले त्यस च्यालेन्जमा रहेर आफ्नो विचार राख्नुपर्दछ ।
हल्ट प्राइजको यात्रा अन क्याम्पस कार्यक्रममा विजेता भएकाले आफ्नो ठाउँ रिजनल्समा पार्दै विजेता भएमा याक्सलेरेटरमा पुग्ने र विश्वभरीबाट शीर्ष ६ टोलीले ग्लोबलमा १० लाख अमेरिकी डलरको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।
७ वर्षदेखि नेपालका विश्वविद्यालयले सहभागिता जनाउन थालेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढी विश्वविद्यालय र आंगिक विद्यालयले सहभागिता जनाएका छन् ।
यस प्रतियोगिताका लागि पोखरा विश्वविद्यायले सम्बन्धित विद्यालय र कलेजको स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीका लागि फाराम खुलाएको छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया