पोखरा महोत्सवलाई ग्रिन डेभलपमेन्टको साथ

पोखरा ।
पोखरा महोत्सवको बैंकिङ पार्टनरमा रहेर ग्रिन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य चिडियाखानाको निर्माणमा पहलकदमीसँगैै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लब पोखराले आगामी पुस २७ देखि माघको ९ गतेसम्म महोत्सव गर्दै छ ।
पोखराको अमरसिंह चौरमा हुने ११ औं संस्करणको महोत्सवमा ग्रीन डेभलपमेन्टले बैंकिङ पार्टनरमा रहेर साथ दिने भएको हो । क्लब अध्यक्ष राजु श्रेष्ठ र ग्रीनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बुढाथोकीले गण्डकी प्रदेशको पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लसँगको सहकार्यले आफूहरु निकै उत्साहित भएको बताए । क्लबका अध्यक्ष श्रेष्ठले विभिन्न संघ, संस्थाको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल हुँदै आएको उल्लेख गरे ।
महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच पोखरा महोत्सव खानेपानी व्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका सञ्चालक धीरज गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढिरहेको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवका ९० प्रतिशत स्टल बुकिङ भएको उनले जानकारी दिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया