आफ्नो वडा आफैं सफासुग्घर बनाउँदै पोखरा १२

पोखरा ।
महानगरपालिकाभित्र अहिले सबैभन्दा चुनौतीपूर्ण काम फोहोर व्यवस्थापन हो । फोहोरलाई घरघरमै वर्गीकरण गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने, कुहिने फोहोरलाई मल बनाउने उपायको खोजी हुँदै आएको छ । अझ पुनप्रयोग गर्न मिल्ने फोहोर र पुनप्रशोधन गर्न सकिने फोहोर पनि हुन्छ । तिनलाई वर्गीकरण गरे फोहोर व्यवस्थापनलाई सजिलो हुन्छ भन्छन् विज्ञहरु ।
घरबाट निस्कने फोहोरको समस्या एकातिर छ भने मूल र भित्री सडकमा दिनहुँ जम्मा हुने फोहोरको समस्या अर्काे छ । टोलटोलमा आआफ्नो घरअगाडि घरधनीहरुले नै सफा गर्न सके फोहोर कतै हुन्थेन । तर, सबैतिर त्यो सम्भव पनि हुँदैन, सबैतिर घर पनि छैनन्, सडकमात्रै पनि छ ।
फोहोर व्यवस्थापनका लागि र सरसफाइका लागि नागरिक र महानगरपालिकास्तर गरी दुवैतिरबाट पहलको खोजी जरुरी छ । यस्तोमा पोखरा महानगरपालिकाको वडा नम्बर १२ ले भने आफ्नो वडाभित्रका सडकहरुको सरसफाइ आफै गर्ने कार्यक्रम ल्याएको छ ।
पोखराका मूल सडकहरु सफा गर्न पोखरा महानगरपालिका लेखिएको जकेट लगाएका सफाइकर्मीहरु देखिन्छन् । त्यो दृश्य नौलो होइन । तर, ‘पोखरा १२’ लेखिएको जकेट लगाएर सडक सफाइ भइरहेको देखियो भने पनि अनौठो नमान्दा हुन्छ । वडा कार्यालय पोखरा १२ ले आफ्नै सफाइकर्मी राखेर वडाभित्र सरसफाइ थालेको छ ।
वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार अहिलेलाई २ जना सफाइकर्मी डोर हाजिरीमा राखिएको छ । ‘उहाँहरुले सडक र वडाभित्रका सार्वजनिक स्थानमा सरसफाइ गर्नुहुन्छ र डोर हाजिरी अनुसार पारिश्रमिक पाउनुहुन्छ,’ उनले भने । आफ्नो वडा आफै सफा बनाउने उद्देश्यले सफाइकर्मी राखेर काम थालेको जानकारी उनले दिए ।
वडाले यस वर्षको बजेट निर्माण गर्दा नै सरसफाइ शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेट परिचालन गर्ने गरी वडा सफासुग्घर बनाउन अभियान चालिएको वडाध्यक्ष बास्तोला बताउँछन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया