होटल एसोसियसनमा लेखनाथमा वीरभद्र

लेखनाथ ।
होटल तथा रेस्टुरेस्ट एसोसियसन लेखनाथको बिहीबार भएको १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले वीरभद्र कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा कमला लामिछाने, महासचिव सुरेश लामिछाने, सचिव विष्णुहरि सुवेदी र कोषाध्यक्षमा शक्तिश्री कोइराला छन् । सदस्यमा अर्जुन भण्डारी, मुक्ति सुवेदी, जमुना लामिछाने, रुपसरा लालचन, प्रकाश सापकोटा र शंकर कँडेल छन् भने आमन्त्रित सदस्यमा हरिबाबु थापामगर र सञ्जीव जलारी रहेको निर्वाचन संयोजक दुर्गा अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेखनाथमा रहेका ताल तलैयाको उचित रुपमा संरक्षण गर्दै प्राकृतिक स्रोत र साधनको स्वरुप नबिगारी पर्यटनलाई आकर्षित गर्ने खालका योजना बनाउनुपर्ने बताए ।
संस्थाका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल, संस्थापक अध्यक्ष किरणराज खनाल, पूर्व अध्यक्ष दामोदरभक्त थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, पचभौया सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष दिननाथ ढकाल, एसोसियसनका महासचिव विनोदमणि लामिछाने, कोषाध्यक्ष नीलकुमारी थापामगरले बोलेका थिए ।
तपाईको प्रतिक्रिया