पुम्दीभुम्दी सहकारीको सहयोग
समाधान संवाददाता
२०७९ पुष १ गते १२:२२

पोखरा ।
पुम्दीभुम्दी बचत तथा ऋण सहकारीले चौथों वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सहकारीको टोलीले बिहीबार आश्रमको छोरेपाटन शाखामा पुगेर १० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै अरु सेयर सदस्य र सर्वसाधारणलाई पनि त्यसतर्फ प्रेरित गर्न आश्रमलाई सहयोग गरिएको सहकारीका अध्यक्ष यामकुमार बरालले बताए ।
सहकारीका उपाध्यक्ष राजु बरालले साबिक पुम्दीभुम्दी गाविसका सबै वडा समेटेको यो सहकारीले सहकारीमा मर्म आत्मसात गर्दै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र बनाउन काम गर्ने बताए । ५ सय ९५ सेयर सदस्य रहेको यो सहकारीको चुक्ता पुँजी १ करोड ७२ लाख छ ।
कार्यक्रममा आश्रमकी प्रतिनिधि सम्झना बर्ताैलाले अहिले यो शाखामा ६५ जना आश्रित रहेको जानकारी दिइन् ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया