श्रद्धा सदनको सभा

पोखरा ।
श्रद्धा सदन प्रालि पोखरा १५ को दोस्रो साधरण सभा बुधबार भएको छ । सभामा समाजसेवी प्रेमकुमारी केसीले ज्येष्ठ नागरिकको स्याहारसुसारका लागि संस्थाले उदाहरणीय कार्य गरेको बताइन् । उनले आगामी दिनमा संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन् ।
पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाले ज्येष्ठ नागरिकका लागि वडाले ३ वटा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिरहेको बताए । कुमुदिनी होम्स एकेडेमीका संस्थापक अशोक पालिखेले पछिल्लो समय व्यस्त दैनिकीका कारण घरमा ज्येष्ठ नागरिकको हेरचाह गर्न नसक्नेका लागि श्रद्धा सदन अर्को घर भएको बताए ।
संस्थामा हाल ७ जनाले आवसीय सेवा लिइरहेको संस्थाका अध्यक्ष निरज थापाले जानकारी दिए । कार्यक्रममा संस्थाका परिकल्पनाकार महेश गुरुङ, सल्लाहकार रीता गुरुङ, सदस्य चिन्तमणि बास्तोला, सेवाग्राहीको तर्फबाट मेखबहादुर थापा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया