लेकसाइडमा खुल्यो फ्याट मंकी रेस्टुरेन्ट
समाधान संवाददाता
२०७९ पुष ३ गते १४:३७
पोखरा ।
पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङ्की रेस्टुरेन्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जीवन भट्टराईले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
चार तले भवनमा उनले तीन वटा तलामा रेस्टुरेन्ट सञ्चालन गरेका छन् । इट, डिङ्क र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानालाई प्राथमिकता दिएको उनले बताए ।
रेस्टुरेन्टमा करिब १ सय ५० जनाको सिट क्षमता छ । मङ्कीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेस्टुरेन्टमा आउनेलाई आक्रर्षण गर्ने छ । हरेक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत व्यवस्था छ ।
करिब ३ करोड लागतमा निर्माण भएको रेस्टुरन्ट कोभिडका कारण ढिलो सञ्चालनमा आएको र लागतसमेत बढेको उनको भनाइ छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया