गण्डकी सरकार बनाउन कांग्रेसले पहल गर्ने

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलको बहुमत भएकाले सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समिति उपप्रमुख शिरोमणि बरालले बताए ।
बैठकले नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत दिनलाई धन्यवाद दिएको छ । निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका बारेमा छलफल भई निर्वाचनका भएका कमी, कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भईसकेपछि समीक्षा गर्ने निर्णय भएको छ ।
प्रदेशमा कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा दिइएका १२ उम्मेदवारमध्ये १० जना र प्रदेश सभाको सदस्यमा दिएका २१ उम्मेदवारमध्ये १८ जनाले जित हासिल गरेका छन् । प्रदेश सभाको निर्वाचनपश्चात नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारलाई असहयोग गर्ने कार्यकर्ताहरुको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशनसमेत दिइएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि सरिक थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया