मृत घोरलसहित वन्यजन्तु चोरी शिकारी गरेको आरोपमा दुई व्यक्ति हतियारसहित पक्राउ

समाधान संवाददाता २०७९ पुष ४ गते १०:५१
शिकारीको गोली लागेर मरेको घोरलको पोष्टमार्टम गरिंदै ।

जोमसोम– राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षण आयोजना, ईलाका संरक्षण कार्यालय जोमसोमको मातहतमा रहेको लेंकमा वन्यजन्तुको चारी शिकारी गरेको आरोपमा दुई व्यक्ति हतियारसहित पक्राउ परेका छन् । हतियार प्रयोग गरी वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको कसुरमा म्याग्दी जिल्ला अन्नपूर्ण–३ दाना बस्ने ७८ वर्षीय शंकरमान गौचन र सोही स्थानमा बस्ने ३६ वर्षीय यामबहादुर थापालाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले आईतबार वन्यजन्तु चोरी शिकारीमा संलग्न रहेको आरोपीका बिषयमा प्रेष विज्ञप्ती समेत सार्वजनिक गरेको छ । वन्यजन्तु चोरी शिकारी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अनुसन्धान समेत सुरु गरेको छ । पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष दिएको बयानमा गत मंसिर २६ गते दिउँसो ४ बजेको समयमा थासाङ –४ स्थित निवेक क्षेत्रमा पर्ने डाँडाखर्कको भीरमा पक्राउ परेका थिए । पक्राउ परेका व्यक्ति लगायत थासाङ–५ ताक्लुङ बस्ने ४१ वर्षीय महेश भन्ने चन्द्रलाल तुलाचन वन्यजन्तुको शिकारी गर्न गएकोमा निजहरुले घोरलको पोथी(तिवाई)लाई गोली प्रहार गरी मारेपछि वन्यजन्तु बोकेर ल्याउने क्रममा भीरबाट लडी १५० मिटर तल खोल्सामा खसी चन्द्रलाल तुलाचनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वन्यजन्तु चोरी शिकारी गर्ने स्थानबाट गोली लागी एक घोरल मृत अवस्थामा फेला परेको छ । घटना स्थलबाट शिकार खैलन प्रयोग गरिएको २२ हर्नेट राईफल एक,सोही हतियारमा प्रयोग हुने म्याग्जीन थान एक र गोली राउण्ड तेह्र (१३ बरामत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई हातहतियार तथा खरखजना कसुरमा जिल्ला अदालत मुस्ताङमा पेश गरी थप अनुसन्धान भईरहेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई वन्यजन्तुको अवैध चोरी शिकारी अन्तर्गत अन्नपूर्ण संरक्षण आयोजनाबाट समेत अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
यता, थासाङको निवेकमा वन्यजन्तुको चोरी शिकारी गरेको आरोपमा गोली लागेर मरेको मृत घोरलसहित दुई व्यक्ति पक्राउ परेको एक्याप जोमसोमले समेत पुष्टि गरेको छ । एक्यापका अनुसार वन्यजन्तुको चोरी शिकारीमा संलग्न एक जना व्यक्ति भीरबाट लडेर मृत्यु भएको बताईएको छ ।प्रारम्भिक अनुसन्धानमा मृत्यु हुँनेमा थासाङ–५ ताक्लुङका ४१ वर्षीय चन्द्रलाल तुलाचन रहेको एक्यापका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए । घटना स्थलक्षेत्रबाट मृत घोरलसहित हतियारसहित अन्य दुई जना पक्राउ परेको उनले बताए ।
वन्यजन्तु चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई प्रहरीसंग समन्वय गरी अनुसन्धान भईरहेको एक्यापले जनाएको छ । एक्यापका अनुसार कसुर प्रमाणित भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ३ बमोजिम ६ महिनादेखि एक वर्षसम्म कैंद,२० हजारदेखि ५० हजारसम्म जरिवाना र दुबैको सजाय हुनेछ ।
संरक्षित क्षेत्रमा वन्यजन्तु असुरक्षित बन्दै :
अन्नपूर्ण सरक्षणक्षेत्र अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय वन्यजन्तुको चोरी शिकारी आशिंक रुपमा बढ्न थालेको छ । यार्सा टिप्ने सिजनका साथै हिउँदयामको चिसो मौसममा मुस्ताङका उच्चलेंकमा वन्यजन्तुको चोरी शिकारी हुन थालेको हो । यसअघि २०७८ साल कार्तिक महिनामा वारागुङ मुक्तिक्षेत्र–१ लुप्रा गाउँको खम्पा क्याम्प माथि निच्चा जंगलमा वन्यजन्तुको चोरी शिकारी गर्न राखिएको पासो परी ५ कस्तुरी र एक फ्याउरो मृत फेला परेको थियो । वन्यजन्तुको अखेटोपहार तस्कर गर्न राखिएका झन्डै एक सय बढी फलामे पासो त्यसबेला घटना स्थलमा फेला परेको थियो ।
हिउँदयामको मौसममा वन्य जन्तुको चोरी शिकारीको घटना बढ्न सक्ने आशंकासहित शनिवार प्रजिअ नेत्रप्रसाद शर्मासहित एक्याप,नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो स्थानमा सयुक्त सुरक्षा बन गस्ती गरेको एक्यापका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए । एक्यापका अनुसार कार्यालय वन्यजन्तु सरक्षित क्षेत्रमा निरन्तर बन गस्ती गर्ने गरेको भएपनि हिउँदयाममा लुकिछिपी चोरी शिकारी हुने भएकाले अनुगमनलाई तिब्रता दिईएको जनाए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु चोरी शिकारी गर्ने क्रममा मानिसको ज्यानै समेत जानसक्ने भएकाले यसप्रकारका घटनामा संलग्न नहुन अनुरोध नागरिकलाई सूचित गरेको छ । यस्तै, प्रहरीले वन्यजन्तु कसुर गर्ने व्यक्तिहरुको बारेमा सूचना दिई वन्यजन्तु अपराध न्यूनिकरणमा सहयोग पू¥याउन समेत आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया