सेकोन पोखरामा किसानको नेतृत्व

पोखरा ।
सोसाइटी अफ इन्जिनियरिङ कन्सल्टेन्सीज (सेकोन) पोखराको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले ई. किसानसिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ई. हरिप्रसाद अधिकारी, सचिवमा ई. आनन्दप्रसाद सापकोटा, सहसचिवमा ई.ध्रुव गर्बुजा पुन, कोषाध्यक्षमा ई. धर्मराज अधिकारी र सदस्यमा ई. कौशल चन्द्र जिसी, ई. बिमल भन्डारी, ई. सुजित बिजुछे, ई. याम थापा, ई. मोहन सिग्देल, ई. वीरेन्द्रकुमार सिग्देल र ई. किरणराज सिग्देल छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. सन्तोष कैनीले सेकोन र ऊर्जा तथा जलस्रोत मन्त्रालय मिलेर पानीको स्रोतको क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
सेकोन पोखराका अध्यक्ष ई. किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ई. किसानसिंह गुरुङ, सचिव ई. हरिप्रसाद अधिकारी, एससिएइएफका केन्द्रीय अध्यक्ष ई. टुकलाल अधिकारी, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख निर्मल बराल, नेपाल इन्जिनियरिङ एसोसियसनका केन्द्रीय सदस्य ई. रवीन्द्र मुन, गण्डकी प्रदेश अध्यक्ष ई. वृजेन्द्र केसी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया