पोखरामा साइकल दौडको तयारी

पोखरा । पर्यटकीय सहर पोखरामा साइकल दौडको तयारी गरिएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिताको तयारी गरिएको हो।
तीन विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको खेलकुद विकास समिति कास्कीका अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आयोजकले बताएका छन्।
नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग रहने छ।
४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा साइकल दौड हुनेछ। पोखरा–२१ को युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर समापन हुने आयोजकले जनाएको छ।
यो रुट दुई फन्को लगाएपछि ५० किलोमिटर दुरी पुरा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ।
४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ।
४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई÷दुई जना महिला र पुरुष प्रतियोगीलाई ५/५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया