गण्डकीमा २७ दलको धरौटी जफत

पोखरा ।
गण्डकी प्रदेशसभामा बन्दसूची पेस गर्ने २७ राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिबार निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २७ दलको धरौटी जफत भएको उल्लेख छ ।
ऐनको धारा ७० को उपधारा १ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूची पेश गर्ने दलले २५ हजार रुपैयाँ आयोगसमक्ष धरौटी राख्नुपर्ने व्यवस्था छ । सोही बमोजिम गण्डकी प्रदेशमा पनि राजनीतिक दलको धरौटी राखेका थिए ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा छ । तर गण्डकी प्रदेश सभामा २६ राजनीतिक दलले समानुपातिकतर्फ १ सिट पनि पाएका छैनन् ।
सो बमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने दलमध्ये गण्डकी प्रदेशमा २६ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो । ‘समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुनेछ,’ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को धारा ७१ को उपधारा २ मा भनिएको छ ।
धरौटि जफत हुनेमा राष्ट्रिय जनमोर्चादेखि नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसम्म छन् । उनीहरुले प्रदेश सभामा थ्रेस होल्ड(१.५ प्रतिशत) कटाए पनि समानुपातिकतर्फ सिट पाएका थिएनन् । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ सिट पाएका छन् ।
६० जनाको गण्डकी प्रदेश सभामा ३९ पुरुष (६५ प्रतिशत) २१ महिला (३५ प्रतिशत) निर्वाचित भएको निर्वाचन आयुक्त पौडेलले जानकारी दिए । ‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचन नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको छ,’ आयुक्त पौडेलले भने, ‘निर्वाचित प्रदेश सभा सदस्यहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।’









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया