एकीकृत समाजवादीले छान्यो नेता

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको बताए । महासचिव भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको पनि उल्लेख गरे ।
उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसहमतिले संसदीय दलको नेता चयन गरिएको छ ।
संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेका छौं । त्यस्तै, संसदीय दलको नेताको प्रमुख सचेतक पनि तोकिएका छन् । प्रमुख सचेतकमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई तोकिएको छ । सरकारमा जाने विषयमा छलफल भएको छैन ।’
उनले गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरे पनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल नभएको बताए । ‘हिजोमात्रै पार्टी सचिवालयको बैठक बसेका छौं । बैठकले अहिलेकै गठबन्धनलाई अगाडि बढाएर जाने पक्षमा छौं ।
गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ’, उनले भने, ‘त्यो निर्णयलाई संसदीय दलको बैठकले समर्थन जनाएको छ। सरकारमा जाने पक्षमा छौं ।’









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया