विद्यार्थीलाई अंग रक्षा तालिम

पोखरा ।
गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा माविमा १ हप्ते अंग रक्षासम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम भएको छ ।
पोखरा महानगरपालिका र पोखरा ३२ को सहयोगमा भएको तालिम समापन समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गालाल पण्डितले विद्यार्थीलाई लक्षित तालिममा सिकेको सीप व्यहारमा ल्याउन आग्रह गरे ।
वडा सदस्य शोभा विकले वडाका अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन् । वडा सदस्य सावित्री पण्डित महिलाको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन् ।
कार्यक्रममा धर्म बस्नेत, विद्यालयका प्रधानध्यापक जनार्दन सुवेदी, छात्रा डिम्पल विक, विजय नेपाली लगायतले बोलेका थिए । तालिममा करिब ५ सय विद्यार्थी सहभागी थिए । गुरु फिजिकल ट्रेनिङ सेन्टरका सञ्चालक सुरेश अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया