
सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । पोखरा नदिपुर स्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउन भनिएको छ ।
सपथ लिन आउन मातृभाषमा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्छ ।
प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित







भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया