सूचना सहज बनाउँदै मनाङ प्रशासन

मनाङ ।
जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरुपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको सुनिश्चितता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हेर्न र सुन्न सकिने (श्रव्य दृश्ययुक्त) नागरिक बडापत्र सञ्चालनमा ल्याइएको उनले बताए ।
प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याएका जिल्ला सुरक्षा समितिका सदस्य तथा सुरक्षा निकायका प्रमुख, अधिकृत तथा जवानलाई प्रशंसापत्रबाट सम्मान गरिएको छ ।
‘प्रत्येक पालिका तथा सामुदायिक कार्यालयमा डिजिटल बडापत्र राखी जिल्लावासीलाई सहज रूपमा हरेक कार्यको सूचना प्रवाह तथा जानकारी गराउने प्रयासमा छौं’, उनले भने, ‘विकट जिल्ला भएकाले सूचनालाई प्रभावकारी बनाउनुपर्ने छ, सोही अनुरुप कार्य अगाडि बढाउँदैछौँ ।’








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया