पोखरा इन्जिनियरिङ कलेजमा टेक्निकल एक्सपो

पोखरा ।
पोखरा इन्जिनियरिङ कलेजमा पुस ८ गते देखि दुई दिने आठौं पेक टेक्निकल एक्सपो २०२२ हुने भएको छ । प्रर्दशनीमा गण्डकी प्रदेश भित्रका कलेजका विद्यार्थीले सृजना गरेका प्रोजेक्टहरु प्रदर्शन गरिने कलेजले जानकारी दिएको छ ।
विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा इन्जिनियरिङ पढाईका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजका प्रध्यानाध्यापक रोजीना दृष्टिले बताइन् । हरेक दुई दुई वर्षमा आयोजना गरिदैं आएको प्रर्दशनीमा कलेजभित्रका विद्यार्थीबिच प्रतिस्पर्धा हुन्थ्यो यो पटक अन्य कलेजका विद्यार्थी पनि सहभागी हुने उनले जानकारी दिइन् ।
उनका अनुसार एक्सपोमा गण्डकी भित्रका सिभिल इन्जिनियरिङ, कम्पुयुटर इन्जिनियरिङ र आर्किटेक अध्ययनरत विद्यार्थीबिच अन्तर कलेज सफ्टवेयर प्रतियोगिता हुने भएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरुले उत्पादन गरेका करिब ५० वटा प्रोजेक्टहरु राखिने उनले बताइन् ।
एक्सपोका आकर्षणको रुपमा चोरी विरोधी प्रणाली, सडक सुरक्षा प्रणाली, मेरो भोट, गृह स्वचालन प्रणाली, रोबोटिक हात, फिंगरप्रिन्ट लक प्रणाली, एग्रोमार्ट वेबसाइट, सांस्कृतिक घरहरू,स्तूप, अन्तर्राष्ट्रिय भवन, ल्यान्डस्केप डिजाइन मोडेलहरू, प्राचीन ऐतिहासिक वास्तुकला, प्रमुख वास्तुकला भवनहरू, पानी आपूर्ति प्रणाली, ई–रोड, मिनी हाइड्रोपावर, मलजल उपचार लगायतका सामाग्री रहनेछन् ।
पोखरा भित्रका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक गरी करिब १०हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सिभिल, कम्प्यूटर इन्जिनियरिङ र आर्किटेक्चरका साथै स्नातकोत्तरमा एम.एस्सी.कनस्ट्रक्शन म्यानेजमेन्ट विषयको पढाई भइरहेको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर साथै सिटिइभिटिसँगको सम्बन्धनमा यस कलेजमा डिप्लोमा तहमा पढाई गराइन्छ ।
प्रध्यानाध्यापक दृष्टिका अनुसार कलेजबाट उत्पादन भएका दक्ष विद्यार्थीहरु कोही अष्ट्रेलिया, जापान, अमेरिका, कोरियासहितका देशमा गएका छन् भने कोही नेपालकै सरकारी तथा गैर सरकारी संघ संस्थामा आवद्ध छन् ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया