लेखनाथलाई पृथक पहिचान खोज्नुपर्नेमा जोड

लेखनाथ ।
बिहीबार मध्यान्हतिर कास्कीको लेखनाथमा रहेको तालचोक क्षेत्रमा विभिन्न जातजातिका भेष भूषासहितको लोक संस्कृति प्रदर्शन भयो । पृथ्वी राजमार्गको तालचोकदेखि डाँडाकोनाकसम्म मौलिक संस्कृति झल्किने पोशाकमा सहभागीहरु थिए ।
लेखनाथ महोत्सवका सहभागीलाई करिब ३ घण्टा ३ सय ९१ समूहले आआफना प्रस्तुति देखाएका थिए । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलगत स्वार्थभन्दा माथि उठेर गण्डकी प्रदेशको विकास गर्न अब बन्ने प्रदेश सरकारलाई आग्रह गरे । विकासका लागि सबै कुरामा राजनीति नगरी गण्डकी प्रदेशलाई कसरी समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा चिन्तन गर्न उनले अनुरोध गरे ।
पोखराबाट छुट्टाएर लेखनाथलाई छुट्टै नगरपालिका बनाउनेबारे बहस
गुरुङले देशको आर्थिक विकासको मेरुदण्ड नै उद्योग र व्यवसाय भएको बताउँदै राज्यका ३ वटै तहले उद्योग र व्यवसाय प्रर्वद्धन एवं सम्वद्र्धनका लागि काम गर्नुपर्ने बताए । उनले गण्डकी प्रदेश जलस्रोत, पर्यटन र कृषिको दृष्टिले प्रचूर सम्भावना बोेकेको प्रदेश भएको उल्लेख गरे ।
सांसद खगराज अधिकारीले विकासलाई अघि बढाउन उद्योगी, व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएको धारणा राखे । लेखनाथलाई लेखनाथकै रुपमा स्थापित गर्नुपर्ने जनआवाज बलियो भएकाले अबका दिनमा छुट्टै लेखनाथ नगरपालिका बनाउने अभियान चाल्नुपर्ने जनाए ।
पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले ग्रेटर पोखराको अवधारणाअघि सारेर लेखनाथलाई पोखरामा मिसाउने सहमति वास्तविक रुपमा सार्थक नभएको धारणा राखे । समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष अनन्दराज मुल्मीले आम जनभावना बिना पोखरामा लेखनाथ मिसाउदा यो क्षेत्रको विकासपछि परेको जनाए ।
उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सरकारले चालेका हरेक कदम उद्योगी, व्यवसायीमत्री नभएको आरोप लगाए । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कँडेलले कृषिलाई बढवा दिँदै सरकारअघि बढेको उल्लेख गरे ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक छत्रधर आत्रेयले महोत्सवमा आम लेखनाथवासीको माया र ममता भएकाले सफल महोत्सवका रुपमा चिनाउन सकिएको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, महासचिव उपेन्द्र सुवेदी (राजु), स्टेज संयोजक नेत्रपाणि बास्तोला, झाँकी र्याली संयोजक बुद्धिकुमारी मगरले लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया