कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी अवैध सुन कारोबारमा पक्राउ

समाधान संवाददाता २०७९ पुष ११ गते ११:५६

पोखरा ।
कास्की आउन ठिक्क परेका डिएसपी पक्राउ परेका छन् । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालयमा कार्यरत बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा गरेका हो ।
डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थियो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

Advertisement

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी थिए ।

उनी स्थानीय निर्वाचनअघि गृहमन्त्री बालकृष्ण खाणको योजनामा बुटवल आएका थिए । स्थानीय निर्वाचनको समयमा तिलोत्तमामा जनप्रतिनिधिलाई पानीमा चोबलेर विवादमा आएका उनलाई गृहमन्त्रीकै दबाबमा छुट दिइएको आरोप लाग्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले डिएसपी केसी अनुसन्धान टोलीको नियन्त्रणमा परेको र यसबारे थप बुझेर जानकारी दिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया