राधाकृष्ण वृद्धाश्रममा सहयोग
पोखरा ।
लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजना एवं लायन्स क्लब अफ पोखरा रानीवन र लियो क्लब अफ पोखरा लेकसाइडको सहकार्यमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै वृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । राज्यले ज्येष्ठ नागरिकको हकहितमा ध्यान दिनुका साथै वृद्धाश्रमको सुव्यवस्थाका लागि ध्यान दिनु जरुरी रहेको उनले बताए ।
लायन्स पिआरो इनचिफ किशोर बरालले लायन्सले सामाजिक सेवाका क्षेत्रमा विशिष्ट योगदान गर्दै आएको धारणा राखे । कार्यक्रम संयोजक जयराम तिमल्सिनाले मानवीय सेवालाई दृष्टिगत गर्दै वृद्धाश्रममा सहयोग गरिएको बताए ।
राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले प्राप्त सहयोगले वृद्धाश्रमको दैनिकी सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लेकसाइडका तृतीय उपाध्यक्ष ईन्द्रमान चौहान, लायन्स क्लब अफ पोखरा रानीवनका अध्यक्ष प्रेम सुवेदी, लियो क्लब अफ पोखरा लोकसाइडका अध्यक्ष डेजिना गदाल लगायतले बोलेका थिए ।








अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया