पुस्तकालयमा छैन राज्यको ध्यान

समाधान संवाददाता २०७९ पुष ११ गते १२:५३

पोखरा ।
नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ । किन पुस्तक र पुस्तकालय शीर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले यो विषयमा कुरा गरेका हुन् ।

Advertisement

भूकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तक बोरामा कोच्नु परेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो । भूकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक पटक मन्त्रालय धाउँदा पनि निराश हुनु परेको अनुभव दलीले सुनाइन् । त्यति बेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भीर छ भन्ने महसुस भएको उनले सुनाइन् ।

नेपालमा पुस्तकालय एकदमै कम छन् र भएकामध्ये पनि अधिकांशको अवस्था नाजुक छ । यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ भन्ने आचार्यको प्रश्नमा जसनाले भनिन्, ‘पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने गर्थेँ ।

जन्मदिनमा अरु कुरा दिनुभन्दा एकअर्कालाई किताब दिने गथ्र्यौँ । अहिलेचाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु । तर, किताब महंगा हुने भएकाले महिनाको ३ हजार छुट्टाउँदा पनि तीन वटा किताब आउँदैन ।’

नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताए । उनले भने, ‘पुस्तकालयका लागि बजेट छुट्टाइरहेको हुन्छ ।

Advertisement

लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला । किताब बोरामा थन्किएर बस्थेन होला । राज्यको मात्रै दोष कि हाम्रो पनि ?’

प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भनिन्, ‘सरकारले दिने गरेको स्कुलका लागि हो । नेपालमा पब्लिक लाइब्रेरी सिस्टम डेभलप भएकै छैन । जे जति लाइब्रेरी खुलेको छ, त्यो समुदाय तवरबाट भइरहेको छ ।’

तपाईको प्रतिक्रिया