राजनीतिमा नैतिकता हरायाे: कांग्रेस गण्डकी सांसद पाण्डे

समाधान संवाददाता २०७९ पुष ११ गते २०:४७

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशमा कांग्रेसबाट दलका नेताका दाबेदार सुरेन्द्र पाण्डेले राष्ट्रिय राजनीतिमा नैतिकता हराएकाे बताएका छन् ।
पोखरामा साेमबार पत्रकासँग कुरा गर्दै राजनीतिमा नैतिकता सकिएकाे बताएका हुन् । `याे दल त्याे दल भन्ने छैन । सबै दलकाे नैतिकता देखिएनँ,´ पाण्डेले भने  

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य पाण्डे कांग्रेस गठबन्धन हुँदा मुख्यमन्त्रीका दाबेदारका रूपमा हेरिएकाे थिए।

उनलाई प्रचण्डले निर्वाचनकाे समयमामुख्यमन्त्रीकाे रूपमा प्रस्तुत गगरेका थिए ।   ‘नेतृत्व तहमा नैतिकताको खडेरी लागेको छ’ उनले भने, ‘जुन उदेश्यले गठबन्धन गरेका थियौं । त्यो अनुसार इमान्दारीता देखिएनँ ।’

उनले गठबन्धन टुट्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको बताए ।

Advertisement

प्रदेश समृद्धिका लागि कांग्रेस प्रतिपक्षमा बसेर रचानात्मक काम गर्दै  नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा सहकार्य र समन्वय गरे जाने उनले बताए ।

कांग्रेस संसदीय दलको नेता बन्नेमा  पाण्डे ढुक्क छन् ।

पाण्डेले संघीयता बलियो बनाउन र प्रदेश संरचनाको महत्व बुझाउन पनि प्रदेश सांसदको भूमिका रहकाे सुनाए ।

उनले राजनीतिमा कहिले सत्ता र कहिले प्रतिपक्षमा रहनु स्वभाविक भएकाले प्रतिपक्षमै बसेर रचनात्मक काम गर्ने बताए   । सबैलाई मिलाएर दलकाे नेतामा निर्वाचित हुने उनकाे विश्वास छ ।

तपाईको प्रतिक्रिया