सम्पादकीय: नयाँ सरकार र स्थायित्वको चुनौती

आम निर्वाचन भएको महिना दिन पछाडी मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । नेकपा (एकीकृत माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभाको दोश्रो ठुलो दल नेकपा (एमाले) लगायतका ७ दल तथा ३ स्वतन्त्र दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । तेश्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सानो आकारको मन्त्री मण्डल समेत गठन गरेका छन् ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन छाडेर माओवादीले एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएर मुलुकको कार्यकारी पदको नेतृत्व पाएको छ ।
संविधानको रक्षा र मुलुकलाई प्रतिगमनबाट जोगाउने नाराका साथ चुनावमा होमिएको नेपाली कांग्रेसको नेतृत्वको सत्ता गठबन्धनले २ सय ७५ सदस्य हुने प्रतिनिधि सभामा १ सय ३६ सिट जितेको थियो । चुनावी तालमेलसमेत गरेको पाँच दलीय गठबन्धन छाडेर एमालेसँग सत्ता साझेदारीका लागि हात मिलाएपछि बनेको नयाँ सरकारले अब प्रारम्भमै धेरै चुनौतिको सामना गर्नुपर्ने छ ।
चुनावी तालमेल गरेको दललाई त्यागेर प्रतिस्पर्धी दलसँग सत्ता साझेदारी गर्नु तथा साना दललाई समेटेर बनेको सरकार धेरै समय टिकाउन कठिनाई हुनु नयाँ सरकारको चुनौती हो । नयाँ सरकारले सुरुमै सामना गर्ने मुख्य चुनौती भनेको राजनीतिक अस्थिरता, दिगो र स्थायी सरकार दिन सक्नु पनि हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९मा कुनै पनि दलको स्पष्ट वहुमत नहुँदा दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाएका छन् । सत्ता रुढ दलबीच सानो तिनो खटपट हुने वित्तिकै अल्पमतमा परेर संसद बिघटन हुने डर बढी हुन्छ । सदनमा वहुमत पुर्याउन सांसद किनेबेच जस्ता विकृति मौलाउन सक्छ ।
अनावश्यक रुपमा देशले मध्यावधी चुनावको समना गर्नु पर्ने अवस्था सिर्जना हुने डर छ । अहिलेको निर्वाचनमा राजनीतिक दलले पाएको जनादेशले देशमा अस्थिरता निम्तिन सक्छ । सत्तारुढ दल बीच साना तिना मनमुटाव हुने वित्तिकै संसद विघटन भएर अवस्थामा अस्थिरताको जोखिम छ ।
नेपालको सन्दर्भमा सत्ता गठबन्धनकै भर नभएको अनुभव छ । त्यसमाथि धेरै दल मिलेर सरकार बनाउँदा अल्पमतमा पर्ने सम्भावना रहिरहन्छ । नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको देखिँदैन । गठबन्धनभित्र मतभेद भए अस्थिरताको खतरा सधैँ रहन्छ । जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्थाले अर्को मिलीजुली सरकार बन्ने अवस्था आउँछ ।
सानो कुरामा चित्त नबुझ्ने बित्तिकै सरकार ढाल्ने वा अस्थिरता निम्तिने अवस्था आउँछ । नयाँ सरकारले त्यस्तो अवस्था आउन नदिनका लागि गठबन्धन गरिसकेपछि आफ्ना साझेदारहरूलाई र स्वयं आफूले पनि मिलीजुली सरकारको राजनीतिक संस्कृतिबारे मनन गर्नुपर्ने आवश्यकता हुन्छ ।
अघिल्लो संसद्बाट सिकेको पाठले पनि पाँच वर्ष नहुँदै संसद् विघटन चाहिँ नहोला तर स्थिरता चाहिँ चुनौती हो । प्रतिनिधि सभाको आगामी कार्यकालमा अस्थिर सरकारहरू देखिन सक्ने अवस्था छ ।









निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया