पोखरा पब्लिकको वार्षिकोत्सव

पोखरा ।
पोखरा १४ चाउथेमा अवस्थित पोखरा पब्लिक स्कुलले सोमबार २८ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक समारोह आयोजना गरेको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका निवर्तमान अध्यक्ष रघुनाथ अधिकारी, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, विद्यालय सल्लाहकार समितिका संयोजक हेरम्बप्रसाद कोइराला, भूतपूर्व विद्यार्थी एवं नेपाल दूरसञ्चार संस्थाका इन्जिनियर प्रवीण नेपाली लगायतले बोलेका थिए ।
विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले विद्यालयका सम्पूर्ण क्रियाकलापको जानकारीसहित तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे । उनले विद्यार्थीको सर्वाङ्गीण चारित्रिक विकासका लािग अभिभावकले आफूले दिने समयको निकै महत्व रहेको बताए ।
शैक्षिक सत्र २०७८ मा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म उत्कृष्ट भएका विद्यार्थी तथा विद्यार्थी वर्ष पुरस्कार अन्तर्गत अनुशासन, सहयोगी, सरसफाइ, खेलकुद, नृत्य तथा चित्रकलामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । २०७८ को एसइई परीक्षामा कास्की जिल्लामा नै राम्रो अंक ३.९० जिपिए ल्याउन सफल छात्र प्रथमकुमार श्रीवास्तवलाई नगद पुरस्कार २५ हजारसहित चाँदीको पदकले पुरस्कृत गरिएको थियो । विद्यालयमा अनवरत रुपमा १० वर्षसम्म योगदान गर्ने शिक्षकद्वय मेनुका थापा तथा मञ्जु केसीलाई दशक सेवा पदक प्रदान गरियो ।
कार्यक्रम सञ्चालन विद्यालयका सह–प्राचार्य विजयकुमार पौडेल तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख बुद्धिसागर त्रिपाठीले गरेका थिए । समारोहमा पोखराका गायक सन्तोष बस्याल र प्रिया गुरुङको पनि प्रस्तुति थियो । कार्यक्रममा विद्यालयका पीपीएस आइटी हब क्लबका विद्यार्थीले एलइडी मार्फत विभिन्न दृश्यहरूको संयोजन गरेका थिए । क्रियटिभ साइन्स काउन्शीलका विद्यार्थीले आफ्नो सिर्जनात्मक प्रस्तुति देखाएका थिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया