स्पेनिस टोलीसँग खेल्दै गण्डकी ११

समाधान संवाददाता २०७९ पुष १२ गते १९:४५

पोखरा ।
लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लब र गण्डकी ११ बीच बुधबार पोखरामा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालामा बुधबार दिउँसो २ः३० बजे हुने उक्त मैत्रिपूर्ण फुटबल प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Advertisement

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष र्कालोसले बुद्धको जन्मभूमी नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘स्पेनको ंमिडियासहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनुले नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन यसले मद्दत पुग्छ ।’

काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुयलले काथेरेन्यो क्लब स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ए डिभिजनका लागि तयारी गरेको जनाए । आफूहरुसँग व्यवसायिक फुटबलर भएकाले पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगितामा उत्कृष्ट हुने अध्यक्ष जोसे म्यानुयलले बताए ।

आउने जनवरी ४ मा किङस कपमा रियल म्याड्रिडसँग खेल्ने टिम भएकाले गण्डकी ११ सँग हुने मैत्रीपूर्ण खेल निकै प्रतिष्प्रर्धा हुने काथेरेन्यो क्लबका प्रशिक्षक खुलिओ कोबोसले बताए । घरेलु टिम गण्डकीसँग आफूहरु जित निकाल्ने गरी खेल्ने रणनीतिमा भएकोसमेत उनले जनाए ।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले केही दिनदेखि उक्त खेलका लागि तयारीमा रहेकाले आफूहरुले आफ्नो घरेलु मैदानको भरपूर्ण रुपमा फाइदा लिने बताए । गण्डकी ११ का टिम कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताए ।

Advertisement

स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेलले खेल रोमाञ्चक हुने बताउँदै समय तालिका टाइट भएकाले अहिले घुम्न नपाए पनि पछि घुम्नकै लागि आउने वाचा गरे । मैत्रीपूर्ण फुटबल अवलोकन गर्नका लागि ५ सयको टिकट लाग्नेछ ।

‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिताका लागि मंगलबार बिहान ५५ जनाको टोली पोखरा आइपुगेको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए । कास्की जिल्ला फुटवल संघको सहकार्यमा गण्डकी प्रदेश सरकार र विभिन्न संघ, संस्थाको सहयोगमा प्रतियोगिता हँदै छ । टोलीलाई पोखरा विमानस्थलमा पोखराका विभिन्न संघ, संस्था तथा खेलकुदकर्मीले स्वागत गरेका थिए । टोलीले बिहीबार काडमाण्डौं ११ सँग दशरथ रंगशालामा मैत्रिपूर्ण फुटबल खेल खेल्ने पूर्व खेलाडी सुन्दर थापाले बताए ।

तपाईको प्रतिक्रिया