माछापुच्छ्रे टेनिस जारी

पोखरा ।
१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९ दोस्रो दिन पनि जारी छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी छ ।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दोसूो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धा जारी छन् । ५५ वर्षभन्दा माथिको क्वाटर फाइनलका खेल सकिएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए ।
दोस्रो दिन मेन्स सिंगल्स ओपनतर्फका खेल सुरु भएका छन् । प्रतियोगितामा पेमा नोर्वुले देवाशिस रेयुललाई ६–१, ६–० ले, निर्मल मगरले मनोज महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा अकि जुवेन रावतले प्रितम परियारलाई ६–०, ६–१ ले पाखा लगाए । त्यस्तै नेहाल जेवी थापाले नवराज शर्मालाई ६–१, ६–१ ले, निजेज महर्जनले प्रशिद्ध मोक्तानलाई २–६, ६–३, ६–३ ले पराजित गरे ।
उग्यान शेर्पाले कुमार जिशीलाई ६–१, ६–० ले, आयुष्मान घलेले विवेक मगरलाई ६–४, ६–१ ले, अभिनव आचार्यले विष्णु नेपालीलाई ६–२, ७–५ ले, सौगात विकले गोविन्द नेपालीलाई ६–४, ६–२ ले पराजित गरे । त्यस्तै राजवीर प्रधान र आशीष खड्का वाक ओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार मेन्स डबल्स ओपन तर्फका खेल पनि सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन सौगात विक र आशीष खड्कको जोडी, प्रनभ र गोविन्दको जोडी, शक्षम शाह र प्रितमको जोडी, आयुष घले र पेमा नोर्वुको जोडीले खेल जितेका छन् ।
मेन्स ४५ वर्षमाथि सिंंगल्सतर्फको खेलमा सिजर गुरुङले हुम आलेलाई ६–२, ६–१ ले पराजित गर्दा र प्रदीप शाह वाक ओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । ४५ वर्षमाथि मंगलबार ७ खेलहरु भएको आयोजकले जनाएको छ ।
५५ वर्षमाथिको सिंगल्सतर्फ स्पर्धामा ध्रुर्व गुरुङले काजी गुरुङलाई २–६, ६–१ र १२–१० को सेटमा संघर्षपूर्ण खेलमा परजित गरे भने अनिल तुलाचनले राजकुमार गुरुङलाई पहिलो सेटमा ६–३ ले जिते पनि तुलाचन रिटयार्ड हर्ट हुँदै खेलबाट बाहिरिएका छन् । त्यस्तै भारतीय खेलाडी एन दिलीपले युकेका खेलाडी वाल्टर स्मिथलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा बाबु कार्कीले वाक ओभर दिंदा कर्ण तामाङ खेलमा विजयी हुँदैअघि बढेका छन् ।
समीर शेरचनले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ ले, कृष्ण राज घलेले सुरेन्द्र माकाजुलाई ६–०, ६–१ ले, उत्तम शेर्पाले डियोनमलाई ५–७, ६–१, १०–४ को सघर्षपूर्ण खेलमा पाखा लगाउँदा प्रदिप शाहले बिनोद कायस्थलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्न सफल रहे ।
५५ वर्षमाथि मेन्स डबल्समा कमल र चाम्वा ढुन्ढुपको जोडीले राजु श्रेष्ठ र उत्तमलामालाई ६–३, ६–५ ले, अनिल तुलाचन र बिनोद कायस्थको जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–३, ६–२ ले, हिमाल शाह र बिमल गुरुङको जोडीले मनोज र ध्रुव घलेको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
३५ वर्षमाथिका ८ खेल भएका छन् । जारी प्रतियोगितामा ६५ वर्षमाथि सिंगल्समा विष्णु गुरुङले इन्द्र कार्कीलाई तेसतेन नोर्गायलले विकास रानालाई पराजित गरेको जिल्ला टेनिस संघ कास्कीले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिए ।
प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनालिस्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।
प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फका विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिस्टले नगद १० हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफीसँ्रगै सेमीफाइनालिस्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिस्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको विजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिस्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा ६५ वर्षमाथिको सिंगल्सतर्फ विजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिस्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया