पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन

समाधान संवाददाता २०७९ पुष १३ गते १६:०५

पोखरा ।
अंग्रेजी नयाँ वर्षमा पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालनमा आउने भएको छ । विमानस्थलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एकाई परिषद गठन भएको छ । भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली व्यवसायीको व्यापार सहजिकरणका लागि परिषद गठन गरिएको हो ।

परिषदको अध्यक्षमा राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका संस्थापक सदस्य सुमन तिमिल्सिना रहेका छन् । सिद्धार्र्थनगर रुपन्देहीका सचिव सागर भण्डारीको विशेष उपस्थितिमा गठन भएको समितिको उपाध्यक्षमा सूर्यबहादुर थापा, सचिवमा सुवास ढकाल र कोषाध्यक्षमा करिश्मा केसी छन् ।

सदस्यमा विष्णुप्रसाद रिजाल, सुवास पौडेल, विजय पौडेल, सुवास लम्साल, केदार पौडेल, सुजाता अधिकारी, अमृत पराजुली चुनिएका छन् ।

Advertisement

परिषदले व्यवसायीका कामकारबाहीमा सहजीकरण गर्ने सिद्धार्र्थनगर रुपन्देहीका सचिव भण्डारीले बताए । आगामी दिनमा व्यापारीसँग छलफल गरि व्यवसायीका समस्याका लागि हातमा हात मिलाएर अगाडी बढ्ने उनले जानकारी दिए ।

भन्सार प्रसाशनका सूचनालाइ व्यवसायीबिच अध्यावधिक तथा पुलका रुपमा काम गरिने अध्यक्ष तिमिल्सिनाले बताए । पोखरा हवाई मार्गबाट अन्तर्रास्ट्रिय बजारमा पहुँच पुग्ने भएकाले नियार्तमा जोड दिने सचिव सुवास ढकालको भनाइ छ साथै व्यवसायीलाई ध्यान दिन उनले आग्रह पनि गरे ।

Advertisement

तपाईको प्रतिक्रिया