रहिनन् कांग्रेस नेतृ टेकनशोभा
समाधान संवाददाता
२०७९ पुष १४ गते १०:४०

पोखरा ।
नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाकी नेतृ टेकनशोभा गुरुङको निधन भएको छ । क्यान्सरबाट पीडित गुरुङको बुधबार निधन भएको छ ।
उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार थिइन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहेकी उनी राजनीतिक र समाजिक रुपमा सक्रिय थिइन् ।
महिला सञ्जाल घाचोकको संस्थापक अध्यक्षसमेत रहेकी उनी महिला अधिकारको क्षेत्रमा समेत क्रियाशील थिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया