यातायात मजदुर महिला कमिटीमा सीता

समाधान संवाददाता २०७९ पुष १४ गते १०:४९

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटीको प्रथम अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष सीता सापकोटाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

Advertisement

महिला कमिटीका उपाध्यक्ष मीना अधिकारी र सचिव मनिषा सुवेदी छन् । सदस्यमा गुमा क्षत्री, मनिषा नेपाली, माया थापामगर, विष्णु वंशी, टकमाया गुरुङ, मीना रम्तेल र सल्लाहकारमा विनुकुमारी गुरुङ रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षत्रीले जानकारी दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णुबहादुर पराजुलीले सडक दुर्घटना न्यूनीकरणका लागि संगठनले ‘म जिम्मेवार यातायात मजदुर’ भन्ने अभियान चलाएको जानकारी दिए । उनले महिला यातायात मजदुर सचेत र संगठित हुनुलाई सकारात्मक रुपमा लिएको बताए ।

कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन राष्ट्रिय प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर खत्री क्षत्री, उपाध्यक्षमा बाबुराम रानामगर, प्रदेश कमिटी सचिवालय सदस्य विक्रम उदास, प्रदेश कमिटी सदस्य जनकराज सिग्देल लगायतले यातायात मजदुरको सवालमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया