गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज
समाधान संवाददाता
२०७९ पुष १४ गते ११:५१

पोखरा ।
गण्डकीका प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण आज (बिहीबार) गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् ।
नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित हुनेछन् ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया