निवर्तमान मेयरलाई बिर्सेकाेमा एमाले दुखी

पाेखरा ।
पाेखरा महानगर पालिकाकाे वर्तमान नेतृत्वले निवर्तमान मेयरलाई वेवास्ता गरेकाे भन्दै नेकपा एमाले कास्कीका नेता कार्यकर्ताले दुख मनाउ गरेका छन् ।
पाेखराका चाेक चाेकमा हाइमास्ट लाइट राख्ने सम्झाैता गरेका निवर्तमान महानगर प्रमुख मानबहादुर जिसीलाई साे लाइटकाे राख्ने कार्यकाे शिलान्यास र उद्घाटन दुवैमा पाेखरा महानगर पालिकाकाे नेतृत्वले नसम्झेकाे भन्दै सामाजिक सञ्जालमा नेता कार्यकर्ताले प्रतिक्रिया लेखेका छन् ।
एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्रीले फेसबुक स्टाटस पाेष्ट गर्दै उज्यालाे पाेखराकाे याेजनाकार तत्कालिन मेयर मानबहादुर जिसी हुन् भन्दै उनलाई वेवास्ता गरिएकाेमा आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन्–
आज उज्यालो महानगर कार्यक्रमको उद्घाटन गरिएको भन्ने सुन्नमा आयो,यो कार्यक्रमको योजनाकार,बजेट छुट्टाएर योजना अगाडि बढाउने तत्कालीन मेयर मान बहादुर जिसीलाई सम्झियो कि नाई !
एमाले कास्कीका जिल्ला कार्य समिति सदस्य किशाेर बरालले फेसबुकबाटै निवर्तमान मेयर मानबहादुर जिसीलाई धन्यवाद भनेका छन् । उनले यसरी पाेष्ट गरेका छन् ।
# पोखरा उज्यालो बन्दैछ #
तत्कालीन मेयर साब मान बहादुर जि. सि ज्युको पालामा मिति २०७८ कार्तिक २९ गते पोखरा महानगर पालिका र टप्सन इनर्जी प्रा.लि बिच कुल रकम १२ करोड ७५ लाख ८९ हजार रकममा ५०% पोखरा महानगरले भुक्तान गर्ने सम्झौता भए बमोजिम रु. ५ करोड भुक्तान भैसकेको स्मार्ट लाइट सहितको हाइमस्ट लाईट जडान कर्य शुरु भएकोमा खुशी ब्यक्त गर्दै यो अभियानको शुरूवात गर्ने तत्कालीन मेयर मान बहादुर जि.सि ज्यु र कार्यन्यनमा लाग्नुहुने बर्तमान मेयर धनराज आचार्यज्यु धन्यवादका पात्र हुनुहुन्छ ।










१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया