रारा गोल्डकप: आयोजकलाई हराउँदै धरान क्वाटर फाइनलमा

पोखरा ।
आयोजक सहारा क्लबलाई हराउँदै २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब क्वाटरफाइलनमा प्रवेश गरको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउँदै धरान क्वाटरफाइनल प्रवेश गरेको हो । धरानका प्रकाश बुढाथोकीले पहिलो हाफको सुरुआतमै गोल गरे ।
धरानले खेल सुरु भएको चौथो मिनेटमै अग्रता लियो । तेस्रो मिनेटमा सहाराका भगवत चौधरीले प्रकाशलाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । उक्त फ्रिकिक प्रकाशले प्रहार गर्दै सुन्दर गोल गरे । त्यसपछि भने दुवै टिमले गोल गर्न सकेनन् ।
१० औं मिनेटमा सहाराका कप्तान सुशील लामाको लो क्रसमा विक्रमसिंह ठकुरीले हेडर प्रहार गरे पनि पोस्ट नजिकैबाट बाहिरियो । २३ औं मिनेटमा अमिन लामाले विक्रमले निकालिदिएको पासलाई नियन्त्रणमा लिए पनि गोल गर्न सकेनन् । २९ औं मिनेटमा धरानका वर्तमानको प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।
दोस्रो हाफमा सहाराले केही सुधारिएको प्रर्दशन गरे पनि गोल गर्न सकेन । ६९ औं मिनेटमा सहाराका अनिल गुरुको उत्कृष्ट प्रहारलाई धरानका गोलरक्षक सौरभले बचाए । दोस्रो हाफको इन्जुरी समयमा सहाराले अन्तिम मौका पनि खेर फाल्यो । मुकुन्दको उत्कृष्ट क्रसपासमा अनिल गुरुङको हेडर बाहिरिँदा सहाराको यात्रा समाप्त भएको हो ।
सहारालाई हराएको धरानले अब शनिबार क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया