समाजसेवी नरहरिको सम्झनामा

फेवातालको उत्तरपट्टि अवस्थित सुन्दर गाँउ साबिक पदली गाँउ पञ्चायत वडा नं. ८ र हाल पोखरा १८ तोरीपानीमा विस २००९ साउन २२ गते बुबा रुपनारायण तिमिल्सिना र आमा सरस्वती तिमिल्सिनाको कोखबाट जन्म लिनुभएका स्व. नरहरि तिमिल्सिना ७० औँ वसन्त पार गर्दै एक श्रीमती विष्णुमाया, दुई भाइ रेसम र टेकप्रसाद, दुई दिदी डीलमाया र कालिका, दुई बहिनी रमा र तारा, तीन छोराहरु धनपति, प्रेम र कमल, तीन छोरीहरु लक्ष्मी, गीता र दीपा, तीन बुहारी, तीन जुवाइँ र ९ नातिनातिना सहित आफ्न्त, छिमेकी र शुभेच्छकलाई छोड्दै २०७९ पौस ३ गते हाल बसोबास रहेको स्थान पोखरा ५ जिरो किमीबाट भौतिक संसारलाई छोड्दै परमात्माको शरणमा महाप्रस्थान गर्नुभयो ।
हुने बिरुवाको चिल्लोपात भनेझैं उहाँ बाल्यकालदेखि नै निडर, सामाजिक विकृतिबिरुद्व आवाज बुलन्द पार्ने, केही न केही नयाँ काम गर्न उत्सुक रहने स्वभावको हुनुहुन्थ्यो । समाज परिर्वतनको संंवाहक राजनीति हो भन्ने कुरालाई आत्मसात गरेका तिमिल्सिना नेपाली सामयिक राजनीतिको पर्याय पनि हुनुहुन्थ्यो ।
हाँको राजनैतिक यात्रालाई फर्केर हेर्दा २२ वर्षको कलिलो उमेरमा नै पदली गाँउ पञ्चायत वडा नं. ८ को वडा सदस्य बन्नु भएको थियो । पदली गाँउ पञ्चायत र ग्यारजाती गाँउ पञ्चायतलाई गाभेर बनाइएको तत्कालीन सराङकोट गाँउ पञ्चायत वडा नं ५ को वडा अध्यक्ष हुदै २०४३ देखि २०४६ सालसम्म जिल्ला पञ्चायतको इलाका सदस्य बन्नु भएको थियो ।
प्रजातन्त्रको पुस्र्थापनापश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्व भई जिल्लास्तरीय विभिन्न पदमा निपूर्णका साथ कार्यसम्पादन गर्नुभएका उहाँ सोही पार्टीको केन्द्रीय सदस्यसम्म बन्नु भयो । २०६१ देखि २०७६ सालसम्म उहाँ निरन्तर रुपमा पोखरा उपत्यका नगर विकास समितिमा पार्टी प्रतिनिधिका रुपमा रहनु भयो ।
नगर विकास समितिले गर्ने हरेक निर्णयमा आफ्नो स्पष्ट विचार राख्ने र त्यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने ए असल अभिभावक रुपमा बुझ्नसकिने आम मानिसको धारणा रहेको छ । उहाँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजासँगको दर्शनभेटमा आफ्नो धारणा स्पष्ट राख्ने सो पार्टीका थोरै व्यक्तिमा उहाँ एक हुनुहुन्थ्यो ।
राजनीतिका अलावा पेशाले उहाँ निमार्ण व्यवसायी हुनुहुन्थ्यो । लक्ष्मी निर्माण सेवा प्रालि स्थापना गरी ‘ख’ श्रेणीको लाइसेन्समार्फत कास्की जिल्ला र यस वरपरका जिल्लामा विचारका साथै पेशागत दक्षता प्रदान गर्नुभएको थिये । उहाँले जुन जुन ठाँउमा काम गर्नु भयो, कही कतै पनि गुनासो सुनिएन । निष्ठा र नैतिकताको खडेरी लागेको समयका उदाहरणीय व्यक्तित्व तिमिल्सिनाको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँका योगदान छन् ।
साबिक सराङकोट गाविसको शैक्षिक, धार्मिक एवम अन्य विकास निर्माणमा उहाँको उल्लेख्य भूमिका रहेको पाइन्छ । मूलत जनजागृती मावि तथा शारदा आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयको समग्र विकासमा अतुलनीय योगदान गरेको तत संस्थाहरुले प्रदान गरेका प्रशंसापत्रहरुमा देख्न पाइन्छ । चंखपुर खानेपानी योजना, स्वास्थ्य सेवा सञ्चालन, वन संरक्षण, बाटो निर्माण, मन्दिर निर्माण जस्ता सामाजिक क्षेत्रका समितिमा रही र्आिर्थक सहयोगसहित कार्यसम्पादन गरेको नजीर प्रशस्तै छन् ।
तिमिल्सिना समाज नेपालको २ कार्यकाल उपाध्यक्ष भई तिमिल्सिना बन्धुलाई एकीकृत गर्न उहाँ विशेष रुपले लाग्नु भएको थियो । समाज स्थापनाको पूर्वाद्र्धमा समाजको अफिस सञ्चालन गर्न निःशुल्क कोठा उपलब्ध गराउनुभएको थियो । उहाँले समाजका लागि गरेको योगदानको कदर गर्दै दुई दर्जनभन्दा बढी संघ, संस्थाले प्रशंसापत्र/संमानपत्र/कदरपत्र प्रदान गरेका छन् । उहाँका यशले सँदैव सत्कर्ममा लाग्न प्रेरणा प्रदान गर्ने अपेक्षासहित उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
तपाईको प्रतिक्रिया