एयरपोर्ट- लेकसाइड सीधा बस सेवा

समाधान संवाददाता २०७९ पुष १६ गते १९:३६


पाेखरा  ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउने भएपछि यात्रुहरूको सहजतका लागि एयरपोर्ट- लेकसाइड सीधा सार्वजनिक बस सेवा सञ्चालन हुने भएको छ ।

विमानस्थल भित्र २ वटा ३/३ मिनेटको फरकमा सञ्चालन गर्ने गरि मेयर धनराज आचार्यले शनिबार सार्वजनिक बस उद्घाटन गरेका हुन् ।

Advertisement

विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०/ १० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट बेगनासतालसम्म लगातार बस सञ्चालन गरिने भएको महानगरले जनाएकाे छ । यसले निजी सवारी साधन नभएका यात्रुहरूका लागि सहजता पुग्ने विश्वस गरिएकाे मेयर आचार्यले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया