२६ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ पुष १७ गते १६:२४

पोखरा ।

तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदानमा २६ जनाले रगत दिएका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबले कार्यक्रम आयोजना गरेका हुन् ।

गण्डकी प्रदेश संसद प्रकाश बरालले रक्तदान सुरुआत गरेका थिए । उनले ग्रामीण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सघाउने जनाए ।

Advertisement

कार्यक्रममा पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सूर्यमोहन पराजुली लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया