नाफाको लोभले अनुत्पादक क्षेत्रमा लगानीः मन्त्री बुढा

पोखरा ।
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिँदा अनुत्पादक क्षेत्रमा लगानी बढिरहेको दाबी गरेका छन् । सहकारीहरु नाफामा केन्द्रीत हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढिरहेको उनको ठम्याइ छ ।
आइतबार पोखरामा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको सहकारीसम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठीमा मन्त्री बुढाले सहकारीहरु नाफा कसरी हुन्छ भन्नेमा केन्द्रीत हुनु नहुने औंल्याए ।
गण्डकी प्रदेश पछिल्लो समयमा दूध, अण्डा र मासुमा आत्मनिर्भर भए पनि त्यसलाई अगाडि बढाउन अझै पनि नसकिएको र त्यसका कारण व्यापारीहरुको खेलोमेलो नै रहेको बुढाले बताए । सहकारीहरु अझै पनि केही सीमित वर्गका मानिसमा मात्र निर्भर रहेको बताउदै मन्त्री बुढाले विपन्न वर्ग र सेयर सदस्यलाई आत्मनिर्भर गराउनेतर्फ सहकारी लाग्नुपर्नेमा जोड दिए ।
भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारीलाई सुदृढ बनाउन लागिपरेको भए पनि अझै पनि अधिकांश सहकारी अपडेट नभएको बताए ।
गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रशासन तथा सहकारी विकास महाशाखाका प्रमुख धु्रव गिरीले संघ र प्रदेशबीच समन्वय हुन नसक्दा सहकारीलाई सुदृढीकरण गरेर लैजान नसकेको स्वीकारे ।
सहकारीहरुलाई डाटाबेसमा लैजान आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ सम्पूर्ण सहकारी संघ, संस्था नै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार रमेश घर्तीमगरले प्रदेश अन्तर्गत ९ सय ३६ सहकारी आवद्ध रहेको भए पनि अधिकांश सहकारी अपडेट नभएकाले त्यसको छानबिन गरी दर्ता खारेजीको अभियानमा रहेको सुनाए ।
कार्यक्रममा सहभागी सहकारी संघका प्रतिनिधिले नेपालको संविधान र सहकारी ऐनमा सुधार गर्नुपर्ने, ऐन, नियम मिच्ने संस्थालाई कारबाही गर्नुपर्ने, सहकारी ऐन २०४८ को नियमलाई विनियम संसोधन गर्नुपर्ने र संघमा आवद्ध नभएका सहकारीका कारण समस्या उत्पन्न भएकाले त्यसतर्फ रजिस्ट्रारको कार्यालय र मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव राखे ।
कार्यक्रममा गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका सहकारी संघका प्रतिनिधिको सहभागिता छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया