कुमारी र एनसिसीको एकीकृत कारोबार

समाधान संवाददाता २०७९ पुष १८ गते १२:५३

काठमाडौं ।
कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

Advertisement

गत मंसिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकापसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकापसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।

यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, निक्षेप ३ खर्ब २ अर्ब र कर्जा २ खर्ब ८० अर्ब पुग्नेछ । गाभिएपश्चात् शाखा सङ्ख्या ३ सय ६, एटिएम सङ्ख्या ३ सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्ने छन् ।

मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा छन् र बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया