पोखराद्वारा काठमाडौँ पराजित

काठमाडौं ।
पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले ३ छक्का र ७ चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र ५ चौकाको मद्दतमा ४९ रन बनाएका हुन् ।
कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले ७ तथा सिद्धान्त लोहनीले ३ रन बनाए । बलिङतर्फ काठमाडौँका कमल ऐरीले ३ विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
काठमाडौंका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए । त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए । काठमाडाैंलाई १ सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले २ विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान १ विकेट लिए ।
यो जितसँगै ८ खेलमा ३ जित तथा ५ खेलमा हार बेहोरेको पोखरा ६ अंक जोड्दै अंक तालिकाको चौथो छ । ६ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौँ ६ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको विजेता टोलीले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया