जुनियर टेनिस आजदेखि

समाधान संवाददाता २०७९ पुष १९ गते १२:०५

पोखरा ।
पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता तयारी पूरा भएको आयोजकले जनाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबारदेखि २३ गते सम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।

Advertisement

१४ इभेन्टमा ३७ खेलाडीको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए । प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीको सहभागिता रहनेछ । तीमध्ये पोखराका ८ खेलाडी छन् ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गल्र्स डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाइज तथा गल्र्स सिंगल्स विजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् ।

यू–१२ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले जनही नगद ८ हजार तथा उपविजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिइन् ।

यू–१४ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १२ हजार, उपविजेताले समान जनही नगद ६ हजारसहित मेडल प्राप्त गर्ने छन् । यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद १५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सय पाउने छन् ।

Advertisement

ब्वाइज तथा गल्र्स ओपन डबल्सतर्फ विजेताले समान जनही नगद १५ हजार र उपबिजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया