५ सय ३३ रुपैयाँमै ८० एमबीपीएस

पोखरा ।
पोखरामा माघ १ गतेदेखि इन्टरनेट सेवाप्रदायक कम्पनी वाई–फाई नेपालको सेवा सञ्चालनमा आउने भएको छ । कम्पनिले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट गरी दुई प्रकारका प्याकेज सञ्चालनमा ल्याएको छ ।
मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक ५३३ रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंह श्रेष्ठले जानकारी दिए । ‘हामीले काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरेसँगै अब पोखरमा पनि वाई–फाई नेपाल विस्तार गर्न लागेका छौ,’ सीईओ श्रेष्ठले भने ।
उनका अनुसार ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिनाका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।
छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन । यसरी तीन महिनाका लागि वाई–फाई नेपालको ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।
अर्काेतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ । सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुनपर्ने श्रेष्ठले बताए ।
यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।
तपाईको प्रतिक्रिया