मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

समाधान संवाददाता २०७९ पुष १९ गते १७:१४

मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटनीज युथ सकर क्लब २२औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भुटनीजको जितमा प्रविन बस्नेतले गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया