महानगरपालिकाको कृषि ऐनमा परामर्श
समाधान संवाददाता
२०७९ पुष २० गते १०:५३

पोखरा ।
पोखरा रिसर्च सेन्टरले पोखरा महानगरपालिकाको कृषि ऐन २०७७ सँग सम्बधित सरोकारवालासँग परामर्श बैठक गरेको छ । महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखासँगको सहकार्यमा मंगलबार बैठक भएको हो ।
मेयर धनराज आचार्य उपस्थित रहेको बैठकमा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा, कृषि सञ्जाल, कृषि बजार, लगायत सम्पूर्ण कृषि क्षेत्रमा सरोकार राख्ने ३० भन्दा बढी व्यक्ति सहभागी थिए ।
महानगरपालिकाले कृषकको संरक्षण र प्रवद्र्धन, कृषि तथा पशुपन्छी उत्पादन, आधुनिकीकरण, व्यावसायीकरण, प्रशोधन, भण्डारण, कृषि उत्पादन र बजार व्यवस्थापन प्रविधि र प्रवद्र्धन गर्ने उद्देश्यले पारित ऐनको अनुसन्धनात्मक पृष्ठभूमिमा टेकेर नीतिगत पैरवी हुनुका साथै कृषिमा विज्ञता राख्ने उपस्थित व्यक्तित्वबाट सम्बधित नीति सुधारको निम्ति सिफारिस र सुझाव बैठकमा प्रस्तुत भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया