विन्टर फ्री सर्भिस

समाधान संवाददाता २०७९ पुष २० गते ११:२३

पोखरा ।
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्प आयोजना गरेको छ । बुधबार सुरु हुने क्याम्प शुक्रबारसम्म ३ दिन चल्नेछ ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भएकाले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनका साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि पाउने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । एसडिटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट, इन्जिन कुलिंग, एसी÷ हिटरसम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट दिइनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाइनेछ ।

Advertisement

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Advertisement

तपाईको प्रतिक्रिया