आहा रारा पोखरा गोल्डकप: चर्चलाई हराउँदै बीवाईएससी फाइनल प्रवेश
बीवाईएससी र संकटा उपाधिका लागि भिड्ने

पोखरा ।
अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजलाई १–०ले हराउँदै बीवाईएससीले फाइनल यात्रा पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अतिरिक्त समयमा बीवाईएससीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बीवाईएससीका रोजिन प्रजापतिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
३ मिनेट थपिएको इन्जुरी समयमा प्रजापतिले खेलको ४६ औं मिनेटमा गोल गर्न सफल रहे ।
उनले बीवाईएससीका प्रविन बस्नेतको पासलाई हेडिङ गर्दै प्रजापतिले विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।
सोही अग्रतालाई बचाउँदै बीवाईससी जारी आहारारा पोखरा गोल्डकपको फाइनल पुग्न सफल रह्यो ।
खेलको अन्तिमतिर चर्च ब्वाइजका खेलाडीले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सीमित हुन पुगेको थियो । खेलको ८३ औं मिनेटमा चर्च ब्वाइजका आशीष चौधरीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
चौधरीले बल खोस्ने क्रममा डाइलो इराकागलाई लडाइदिएपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए ।
ए डिभिजन लिग विजेता मच्छिन्द्रलाई क्वार्टरफाइनलमा ३–१ गोलअन्तरले रोक्ने क्रममा चौधरीले पनि एक गोलको योगदान दिएका थिए ।
फाइनलमा उपाधिका लागि अमेरिकी क्लब बीवार्ईएससीले संकटासँग पुस २३ गते मैदानमा उत्रिने छ ।
अघिल्लो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको बीवाईएससी ६ पटकको विजेता र ६ पटक उपविजेता बनेको मनाङमर्स्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो पटक आहारारामा सहभागी भएको चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई पराजित गर्दै अन्तिम ४ का लागि स्थान सुरक्षित गरेको थियो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया