टि ट्वान्टी क्रिकेट लिग
पोखरामाथि जनकपुरको जित

काठमाडौं ।
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो ।
जितसँगै जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । ९ खेलमध्ये ६ मा जित तथा ३ खेलमा हार बेहोरेको जनकपुरले १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान ९ खेल नै खेलको लुम्बिनीले ८ खेलमा जित र १ खेलमा हार बेहोरे पनि १६ अंक जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
बिहीबारको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे ।
त्यस्तै पवन सरार्फले ४ रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान १ रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले ३ विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान २ विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान १ एक विकेट झारे । यससँगै ९ खेल खेलेको पोखराले ३ मा जित तथा ६ खेलमा हार बेहोर्यो । ६ अंक बटुलेको पोखरा अंक तालिकाको पाँचाैँ स्थानमा छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया